२०८३ जेष्ठ ३० गते , शनिबार
सुनसरी- ४ कडा प्रतिस्पर्धा, सञ्चारमन्त्री कार्कीले लिए फेरि अग्रता
सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता बढाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले नेकपा (एमाले) का जगदिशप्रसाद कुसियैतलाई ३१ मतले पछाडि पारेका हुन । कार्कीले ३० हजार १७० मत पाउनु हुँदा एमालेका कुसियैतले ३० हजार १३९ मत ल्याएको छ । अब ६०० मत गन्न बाँकी रहेको छ ।