२०८३ जेष्ठ २३ गते , शनिबार
जुवा खेलिरहेको अवस्थामा झापाबाट पाँच जना पक्राउ
झापा प्रहरीले जुवा खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका ४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा ‘कौडा’ खेलिरहेको अवस्थामा घरधनि ओली समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प