२०८३ जेष्ठ २३ गते , शनिबार

बैङ्किङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

sajilo news
मोरङ
२०७९ मंसीर १९ गते , सोमबार
बैङ्किङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

प्रदेश १ प्रहरी कार्यालय विराटनगर (RIT) समूहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-१ कि ४६ वर्षीया तारादेवी श्रेष्ठ र २३ वर्षीय आर्युत श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरूलाई गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

तारादेवी बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७७/१०/०५ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख १२ हजार जरिवाना बेरुजु रही फरार रहेकी र आर्युत बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७७/१२/०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ लाख १० हजार जरिवाना बेरुजु रही फरार रहेका थिए ।

सम्बन्धित समाचार