२०८३ जेष्ठ २३ गते , शनिबार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

sajilo news
झापा
२०७९ मंसीर २१ गते , बुधबार
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

झापा । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका- ५ मा बस्दै आएका ३८ वर्षीय अमृत भन्ने लैनबहादुर बस्नेत रहेका छन् ।

२०६७ कात्तिक १६ गते दिउँसो साढे २ बजे इलाम साबिक कोल्बुङ गाविस २ हाल रोङ गाउँपालिका- ३ स्थित मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ जाँदै गरेको मे १ ख ९६४ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार रहेका इलाम साबिक गोर्खे २ हाल सूर्योदय नगरपालिका- १ बस्ने ३० वर्षीय विमल कार्कीको घटनास्थलमै मृत्यु भएको थियो ।

सवारी ज्यान कसुर अनुसन्धान तथा कारबाहीको सिलसिलामा वारदातपश्चात् फरार रहेका बस चालक बस्नेतलाई अर्जुनधारा ५ मा घर बनाई बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले इप्रका अनारमनिको सहयोगमा मङ्गलवार राति साढे ९ बजे बस्नेतलाई आफ्नै घरमा फेला पारेको थियो । उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि वप्रका पशुपतिनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार