झापा गाउँपालिकामा खेतबाटै पानी तान्ने मोटर चोरी, कृषक हैरान
शरणामती । झापा गाउँपालिकाका कृषकहरूले खेतमा सिचाइका लागि लगाइएको पानी तान्ने मोटर चोरी हुने थालेको छ । धान सकिएर मकै बाली लगाउने सिजनमै मोटर चोरीका घटना बढेपछि स्थानीय कृषक हैरानसँगै मारमा परेका छन् ।
झापा गाउँपालिका-६ स्थित भृकुटी चोकबाट मात्रै केही दिनमै खेतमा बोडिङ गरेर जडान गरिएका तीन मोटर चोरी भएको छ । 'सोमबार सम्म मोटर खेतमै थियो आज गएर हेर्दा मोटर चोरी भएको रहेछ,' स्थानीय कृषक नैनकला पौडेलले बताइन् ।
यता मोटर चोरी गर्ने गिरोहमाथि निगरानीमा बढाएको शरणामती प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीले बताए। प्रहरीमा अहिले सम्म १२ वटा चोरीका घटनाको उजुरी परेको उनले बताए ।
प्रहरीले घटनाको बारेमा सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँदै उनले भने, 'चोरी गर्ने गिरोह पत्ता लगाएर कानुनी दायरमा ल्याएर छाड्छौ ।' दुई वर्ष अघि पनि झापा- ७ स्थित मदरगाछमा मोटर चोरीका घटनामा संलग्न गिरोहलाई मोटर सहित प्रहरीले पक्राउ गरेको थियो।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प