२०८३ बैशाख २६ गते , शनिबार

सुरुङभित्र आगलागी, कम्तीमा १९ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ पौष ४ गते , सोमबार
सुरुङभित्र आगलागी, कम्तीमा १९ जनाको मृत्यु

काबुल । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्यांकर विस्फोट भयो, म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने। केही शवहरू जलेका थिए । एजेन्सी

सम्बन्धित समाचार