मोटरसाइकल र स्कुटर चोरी गर्ने चार जना समातिए
मोरङमा मोटरसाइकल र स्कुटर चोरी गर्ने चार जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका- ९ स्थित ठाकुरबाडी रोडबाट प्रदेश नम्बर ०१-०२-०४२ प ३७७७ नम्बरको एनएस मोटरसाइकल चोरी गर्ने मोरङ धनपालथान गाउँपालिका-७ बस्ने २१ वर्षीय रविन राजवंशी, बुढिगंगा गाउँपालिका- ७ बस्ने २५ वर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका- १९ बस्ने २१ वर्षीय विकेश खवास पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । त्यस्तै विराटनगर महानगरपालिका ८ स्थित मधुमारामा प्रदेश नं.०१-०२-००५१ प १०२७ नम्बरको स्कुटर चोरी गरी पार्टपुर्जा खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका- ८ बस्ने २० वर्षीय सतिस मुखियालाई पक्राउ परेको छ ।
चोरीको स्कुटर र खोलेको स्कुटर तथा मोटरसाइकलको पार्टसहरू सहित पक्राउ परेका उनलाई जिल्ला अदालतबाट चोरी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प