२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा दिउँसै घरको ढोका फुटाएर ७ तोला सुन र नगद चोरी
झापामा एक घरको ढोका फुटाएर दिउँसै सुन तथा नगद चोरी भएको छ । कनकाई नगरपालिका- १ स्थित जामुनवारी निवासी भरतराज अधिकारीको घरबाट सुन तथा नगद चोरी भएको प्रहरीले जनाएको छ ।
घरका सदस्यहरू बिर्तामोड गएको वेला घरको पछाडिको ढोकाको ताला फुटाएर कोठामा रहेको ७ तोला सुन, १० हजार नगद र केही कागजात चोरी भएको घरधनीकी छोरी सदिक्षा अधिकारीले जानकारी दिए । यता प्रहरीले सिसी टिभीको फुटेजलाई समेत आधार चोरी कार्यमा संलग्नको व्यक्तिको खोजी कार्य गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प