२०८३ जेष्ठ २३ गते , शनिबार
झापामा ब्राउन सुगरसहित एक युवक पक्राउ
झापामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-७ निवासी २३ वर्षीय वामदेव मिश्र रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले झापा गाउँपालिका- ४ र ५ को सीमा नजिकैबाट मंगलबार दिउँसो २ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ साढे ३ ग्राम फेला पारेको थियो।
शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको कमान्डमा खटिएको टोलीले मिश्रलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प