२०८३ बैशाख २३ गते , बुधबार

बिर्तामोडको सञ्जीवनी अस्पतालबाट स्वास्थ्य उपकरण जबरजस्ती लैजान खोज्ने डा. झा प्रहरी नियन्त्रणमा

sajilo news
झापा
२०७९ पौष २१ गते , विहीबार
बिर्तामोडको सञ्जीवनी अस्पतालबाट स्वास्थ्य उपकरण जबरजस्ती लैजान खोज्ने डा. झा प्रहरी नियन्त्रणमा

झापा । बिर्तामोडस्थित सञ्जीवनी अस्पतालमा बिरामीको उपचारमा प्रयोग भइरहेको एक्स–रे, भिडियो एक्स–रे लगायतका सामान जबरजस्ती उठाउने डाक्टर मिङ्कु झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले झालाई बिर्तामोडबाट नियन्त्रणमा लिएको हो । झाले अस्पताल सञ्चालक डाक्टर सिपी यादवसँग आपसी लेनदेन नमिलेको भन्दै बिहीबार बिहान पुगेर अस्पतालको स्वास्थ्य उपकरणहरू जबरजस्ती उठाएर लगेका थिए ।

डाक्टर यादवको उजुरीका आधारमा झालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुकम बहादुर कुँवरले जानकारी दिनुभयो । गुण्डागर्दी शैलीमा बिरामीको उपचारमा प्रयोग भइरहेको सामान अस्पतालबाट उठाएपछि पक्राउ गरिएको उहाँको भनाई छ । अस्पतालजस्तो संवेदनशील स्थानमा जुनसुकै नाममा हुने गैह्र कानुनी काम नियन्त्रण गरिने प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार