२०८३ बैशाख २३ गते , बुधबार

आर्थिक अभावका कारण सुविनाको उपचारमा समस्या, सहयोगको अपिल

sajilo news
झापा
२०७९ पौष २२ गते , शुक्रबार
आर्थिक अभावका कारण सुविनाको उपचारमा समस्या, सहयोगको अपिल

बिर्तामोड । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाकी वर्ष ४२  की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ ।

ताप्लेजुङ घर भई हाल बिर्तामोड- ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो ।  उनको दुई दिन देखि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । 

९ वर्ष अघि नै घर छोडेर हिँडेका उनका श्रीमानको अहिले सम्म अत्तो पत्तो छैन ।  ३ वटा छोरी र १ जना छोराकी आमा भट्टराई अहिले उपचारका लागि सबैसँग हारगुहार मागिरहेकी छिन् । 

उनी ज्यालादारीमा अलैँची कटिङ गरेर आफ्नो छोराछोरीको पठाई खर्च सँगै घर चलाउँदै आएकी थिइन् । तर उनी अहिले थलिएसँगै बाल बच्चाको पनि पठाई सँगै घर खर्चमा समस्या भएको उनी बताउँछिन् ।  उनी करिब ४ –५ वर्षदेखि बिरामी छिन् । 

उनी बिर्तामोड ५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दयनीय अवस्था देखेर निर्मलले निःशुल्क रुपमा करिब ६ वर्षदेखि एउटा कोठा उपलब्ध गराउँदै आएका छन् । 

काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसँगै आफूलाई बचाइदिन उनले अस्पतालको शय्याबाट सबैलाई आग्रह र अनुरोध गरेकी छन् ।  व्यवसायी तथा समाजसेवी निर्मलका अनुसार सबै साथीभाइ सहित आफन्तहरूले सहयोग जुटाएर अहिले सम्म उनको उपचारमा झन्डै १५ लाख रकम खर्च भइसकेको छ ।  

चिकित्सकको भनाइलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केही वर्ष अघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । 

उनको त्यो समस्या निर्मूल भए पनि अहिले उनलाई फोक्सोमा समस्या  तथा मुटुमा प्वाल रहेको र दांया पट्टिको ब्रेनको एउटा नसा सुकेको र  कोल स्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् ।   बिस्टका अनुसार चिकित्सकले उनको उपचारका लागि अहिले मोटो रकम लाग्ने बताएका छन् ।  

उनलाई क्यान्सर नभए पनि फोक्सोमा गाँठाहरू रहेको चिकित्सकले बताएका छन् । भने केही रिपोटहरू उनको आउन बाँकी रहेको बताइएको छ । पैसाको जोहो गर्न सके उनी चाँडै सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सकले बताएका छन् ।  अहिले सम्पत्तिका नाममा उनको केही पनि छैन ।   रामप्यारीको  उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले  आग्रह गरेका छन् । 

सहयोगका लागि बिरामी भट्टराईको छोरी मनुका भट्टराईको  नाममा एनआइसी एसिया बैङ्क बिर्तामोड शाखामा रहेको खाता नम्बर  ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । त्यस्तै उनको  उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनको छोरीको  मोबाइल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सक्नेछन् ।

 

सम्बन्धित समाचार