२०८३ जेष्ठ २३ गते , शनिबार
कटुवा पेस्तोलले देखाएर स्थानीयलाई धम्काउने चाम्लिङ पक्राउ
भोजपुरमा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् । । पक्राउ पर्नेमा षडानन्द नगरपालिका- ६ का ६७ वर्षीय कुमार चाम्लिङ रहेका छन ।
हिजो बेलुकी ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानीय व्यक्तिलाई धाकधम्की दिई रहेको भन्ने सूचनाको आधार इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी नायव निरीक्षक गोविन्द बस्नेतको कमान्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प