२०८३ बैशाख २३ गते , बुधबार

कनकाई नगर अस्पतालमा २१५ मुटु रोगीको निःशुल्क स्वास्थ्य परीक्षण

sajilo news
झापा
२०७९ पौष २६ गते , मंगलबार
कनकाई नगर अस्पतालमा २१५ मुटु रोगीको निःशुल्क स्वास्थ्य परीक्षण

झापाको कनकाई नगर अस्पतालमा २१५ जना मुटु रोगीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । कनकाई नगरपालिकाद्धारा आयोजित एक दिवसीय निःशुल्क मुटु रोगीहरूका लागि गरिएको स्वास्थ्य शिविरमा २१५ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गालले जानकारी दिए ।

नगर अस्पतालमा मुटु तथा सुगर प्रेसर रोगीहरूलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्यका कर्मचारी नारायण प्रसाद अधिकारी बताए ।  बिएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा २१५ जना मुटु रोगीहरूको इसिजी र ११५ जनाको इको गरिएको छ ।

स्वास्थ्य शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर उमेशकुमार यादव सहितको १५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।  स्वास्थ्यकर्मी चिकित्सकको टोलीले मुटु सम्बन्धी चेकजाँच र निःशुल्क औषधि समेत वितरण गरेका थिए । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले हरेक महिना यस प्रकारको स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

स्वास्थ्य जाँचमा समस्या भएका बिरामीहरूका लागि विशेष छुटमा उपचारको प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ । उपचारका लागि कनकाई नगरपालिकासहित छिमेकी देश भारत र छिमेकी पालिकाबाट समेत बिरामीहरू स्वास्थ्य जाँचका लागि कनकाई नगर अस्पतालमा आएको र आगामी दिनमा पनि यस्ता विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने बताए । 

सम्बन्धित समाचार