२०८३ जेष्ठ २३ गते , शनिबार
लागू औषध मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
लागू औषध (गाँजा) मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका ३ बस्ने ३८ वर्षीया भिमकुमारी लिम्बू लावती रहेकी छन् । झापा जिल्ला अदालतको २०७७ असोज १५ गतेको फैसला अनुसार लागू औषध (गाँजा) मुद्दामा उनलाई ७ महिना कैद र रु २ हजार जरिवाना तोकिएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो ।
बिहीबार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प