२०८३ बैशाख २३ गते , बुधबार

मेचीनगरमा ९० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

sajilo news
झापा
२०७९ पौष २८ गते , विहीबार
मेचीनगरमा ९० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर- ११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् ।  

एकीकृत स्वास्थ्य शिविर (महिलाको पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर, प्रसव फिस्टुला तथा क्षयरोगको स्कृनिङ लगायत जनरल चेकअप) मा नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसँगै भद्रपुरबाट महिला विशेषज्ञ डा. एलिजा गौतमले सेवा प्रदान गरेकी थिइन् । ९० जनामध्ये ३२ जनाले पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गराएका स्वास्थ्य चौकी प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविरमा मेचीनगर ११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, जनस्वास्थ्य निरीक्षक पूजन अधिकारीलगायतको आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार