२०८३ जेष्ठ २३ गते , शनिबार
मोरङमा लागु औषधसहित पाँचथरकी युवती पक्राउ
मोरङको विराटनगर महानगरपालिका- १५ स्थित हुलास चोकबाट प्रतिबन्धित लागु औषधसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउँदै गरेको फिदिम नगरपालिका ४ पाँचथरकी २० वर्षीया एन्जिला सुजी पक्राउ गरेको हो ।
प्रहरीले उनलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्रतिबन्धित औषधी लुपिजेसिक ३ एम्पुल, डाइजोपाम ३ एम्पुल ,फेनारागन ३ एम्पुल, एभिल ३ एम्पुल, नाइट्राभेट ३० चक्की, सुई ३ थान र स्पास्मो प्रोक्सिवन २ चक्की बरामद गरेको थियो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानामा राखेर थप अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प