२०८३ जेष्ठ २३ गते , शनिबार
झापाको अर्जुनधारामा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापाको अर्जुनधारामा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका- ७ निवासी २६ वर्षीय विकाश राजवंशी र सोही ठाउँका २४ वर्षीय निर्मल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका- ६ स्थित महानन्द चौकमा शुक्रबार साँझ ७ बजे उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम बरामद गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प