२०८३ जेष्ठ २३ गते , शनिबार
भद्रपुरमा ५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
भद्रपुर। झापामा ठुलो मात्रामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका १५ निवासी २१ वर्षीय सन्देश राई र भद्रपुर नगरपालिका- ९ निवासी २९ वर्षीय देवराज दंगाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मङ्गलवार दिउँसो ३ बजे भद्रपुर नगरपालिका-९ मा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले राई र दंगाललाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्लास्टिकसहित ५० ग्राम ब्राउन सुगर फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प