२०८३ बैशाख २६ गते , शनिबार

विमान दुर्घटनामा परी मृत्यु भएका चार जनालाई योगी सरकारले ५/५ लाख दिने

sajilo news
एजेन्सी
२०७९ माघ ४ गते , बुधबार
विमान दुर्घटनामा परी मृत्यु भएका चार जनालाई योगी सरकारले ५/५ लाख दिने

नयाँ दिल्ली । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ५ जना भारतीयले ज्यान गुमाएका थिए । तीमध्ये चार जना उत्तर प्रदेशका हुन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।

काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ । 

सम्बन्धित समाचार