२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ
झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन् ।
बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा आइतबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ जाँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाइछिपाई ल्याउँदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प