२०८३ जेष्ठ २४ गते , आईतबार
घरेलु मदिरासहित ३ जना पक्राउ
बिर्तामोड । विराटनगरमा अवैध घरेलु मदिरासहित ३ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। को १ ह १८६९ नम्बरको ट्याम्पोसहित उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर-५ बस्ने ३६ वर्षका दीपेन्द्र अमात्य, बेलबारी-११ बस्ने ३७ वर्षकी सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन्। बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाइएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनले पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाइएको बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प