झापाकी महिलालाई भारत लैजाने दुई भारतीय पक्राउ
जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो ।
उनीहरूले झापाको २७ वर्षीय महिलालाई विराटनगरको एक होटेलमा माघ १२ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । करणी गरेपछि विभिन्न प्रलोभन देखाएर २७ वर्षीय महिला र उनको दिदीको १४ वर्षीय छोरीलाई भारतमा रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा प्रहरी र साना हातहरू नामक संस्थाले सीमावर्ती क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा आइतबार मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
पक्राउ परेका भारतीय नागरिक केही दिनयतादेखि विराटनगरको होटमाल बस्दै आएका थिए । १२ माघ कामको खोजीमा ती महिला र बालिका विराटनगरको रोडशेष चौकदेखि दक्षिणको एक होटेलमा पुगेका थिइन् ।
‘उनीहरूले त्यहाँ होटेलमा काम मागेको रहेछन् । त्यही होटेलमा रहेका भारतीय नागरिक बाबु साहेब र जाहेरीले नियाली रहेका रहेछन् । त्यही बिचमा बाबु साहेब र जाहेरीले तिमीलाई हामी राम्रो काममा लगाइदिन्छौ भन्दै विभिन्न प्रलोभनमा पारे । त्यही नजिकको होटेलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने क्रममा पक्राउ गरिएको हो,’ साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने । ब्लाष्टखबरबाट
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प