२०८३ बैशाख ३१ गते , विहीबार

पाकिस्तानको पेशावरस्थित मस्जिदमा विस्फोट, ५९ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ माघ १७ गते , मंगलबार
पाकिस्तानको पेशावरस्थित मस्जिदमा विस्फोट, ५९ जनाको मृत्यु

पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ। घटनामा १५० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन्। 

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशानामा परेको बताइएको छ।

हालसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो पाकिस्तानी तालिबानसँग जोडिएको बताइएको छ। तेहरिक–ए–तालिबान पाकिस्तान नामको यो अतिवादी समूहले गत वर्ष नोभेम्बरमा युद्धविराम समाप्त गरेको थियो। त्यसयता पाकिस्तानको सीमा क्षेत्रमा हिंसा बढेको बीबीसीले जनाएको छ।

सम्बन्धित समाचार