२०८३ बैशाख ३१ गते , विहीबार

नेपालीभाषीलाई ‘विदेशी’ भनिएपछि विपक्षी दलद्वारा आज र भोलि सिक्किम बन्दको आव्हान

sajilo news
पार्थ मण्डल
२०७९ माघ २१ गते , शनिबार
नेपालीभाषीलाई ‘विदेशी’ भनिएपछि विपक्षी दलद्वारा आज र भोलि सिक्किम बन्दको आव्हान

झापा । भारतको हिमाली राज्य सिक्किममा ४८ घण्टे बन्द आव्हान गरिएको छ ।  सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले आज र भोलि सिक्किम बन्दको आव्हान गरेको हो । 

भारतको सर्वोच्च अदालतले एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भन्दै फैसला सुनाएपछि विपक्षी दल एसडीएफ पार्टीले हिजो शुक्रबार विरोध प्रदर्शन गर्दै दुई दिने बन्दको आव्हान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

विपक्षी दलले बन्दको आव्हान गरे पनि सिक्किममा आज पहिलो दिन नै बन्दको आंशिक प्रभाव मात्रै परेको छ । राजमार्गमा सवारीसाधन तथा केही स्थानमा बजार खुला रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएको छ । 

बन्दको आव्हान गरेका एसडीएफ पार्टीका नेता तथा कार्यकर्ताहरू बिहानै देखि सिक्किमका विभिन्न सहरमा विरोध र्‍यालीसहित प्रदर्शन गरिरहेको छ । सिक्किम सरकारले सुरक्षा व्यवस्था कडा बनाएको जनाइएको छ ।  

सोसिएसन अफ ओल्ड सेटलर्स सिक्किम (एओएसएस)ले सन् २०१३ मा आयकर छुटको मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले उक्त संगठनको पक्षमा गत जनवरी १३ मा फैसला ग¥यो । त्यसमा बहुसङ्ख्यक नेपालीभाषीलाई ‘विदेशी’ भनी टिप्पणी गरिएपछि सिङ्गो सिक्किम आन्दोलित बनेको हो । त्यहाँका नेपाली, भुटिया र लेप्चा समुदायको बाक्लो बसोबास छ । 

सर्वोच्चको फैसलापछि विपक्षी दल तथा त्यहाँका नागरिकले मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)को राजीनामा पनि माग गरेका छन् ।आन्दोलन चर्किएसँगै सिक्किम सरकारको सूचना प्रविधि विभाग, स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा. मणिकुमार शर्माले पदबाट राजीनामा दिइसकेका छन् । 

सम्बन्धित समाचार