चार लाख भन्दा बढी नक्कली नोटसहित दुई जना पक्राउ
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैँतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिराहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नक्कली नोटसहित पक्राउ पर्नेहरूमा सिराहा जिल्लास्थित लहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र सोही नगरपालिका १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैँतीस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, ७ थान सिम कार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प