२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ब्राउन सुगरसहित एकै दिन ५ जना पक्राउ
झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागु औषध ब्राउन सुगरसहित ५ जनालाई एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका- ३ निवासी ३५ वर्षीय राज कुमार लावतीलाई ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित उनको घरबाट पक्राउ गरिएको छ ।
भद्रपुर नगरपालिका- २ गौरीशङ्कर टोलबाट सोही ठाउँका ४० वर्षीय दीपक राई र २० वर्षीय सन्देश बास्तोलालाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै गौरीगञ्ज गाउँपालिका- १ स्थित भाङडाँडाबाट ५ ग्राम ब्राउन सुगर सहित शिबसताक्षी नगरपालिका- ६ निवासी ३० वर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका- ४ निवासी ३१ वर्षीय विकास श्रेष्ठलाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प