२०८३ जेष्ठ २४ गते , आईतबार
भरुवा बन्दुकसहित एक जना पक्राउ
पाँचथरको तुम्बेवा गाउँपालिका- २ स्थित राई गाउँ बस्ने २३ वर्षीय मनोज राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । शनिवार बेलुका ८ बजे अस्थायी प्रहरी पोस्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोस, बारुद, केप, सलाई सहित पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प