२०८३ बैशाख १० गते , विहीबार

महेन्द्ररत्न माविका पूर्व विद्यार्थीहरुलाई सुविधै सुविधा 

sajilo news
झापा
२०७९ माघ २२ गते , आईतबार
महेन्द्ररत्न माविका पूर्व विद्यार्थीहरुलाई सुविधै सुविधा 

अनारमनीस्थित महेन्द्ररत्न माविका भुतपूर्व विद्यार्थीहरुलाई अनेकौ सुविधा उपलब्ध हुने भएको छ । भूतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न मावि अनारमनीको बिर्तामोड –२ बेलडाँगीमा आयोजित कार्यक्रममा सहभागीहरुले आ–आफ्नो तर्फबाट सकेको सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन् ।  

भूतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माविको सदस्यता लिएका पूर्व विद्यार्थीका आमा बुवा र पूर्व विद्यार्थीको श्रीमान् वा श्रीमती चार जनाको लागि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर लक्ष्मी मैनालीसंग स्वास्थ्य जाँच गराउँदा उनले निःशुल्क गरिदिने घोषणा गरेका छन् । 
त्यस्तै गोमेन्द्र मल्टीपल कलेजमा भुतपूर्व विद्यार्थी समाजको सिफारिसमा पूर्व विद्यार्थीको एक सन्तानलाई  करिव ५ लाख रुपैयाँ खर्च हुने पूर्ण कोर्स निःशुल्क पढाइदिने कलेजका प्राचार्य डा. रुपक खनालले घोषणा गरेका छन् ।

त्यस्तै  अनारमनी पव्लिक क्याम्पसले भुतपूर्व विद्यार्थी समाजको सिफारिसमा पूर्व विद्यार्थीको एक सन्तानलाई बिबिएस निःशुल्क पढाई दिने क्याम्पस प्रमुख मोहन सिवाकोटीले घोषणा गरे ।
त्यस्तै  शिक्षक उदय कटुवालले भुतपूर्व विद्यार्थी समाजको सिफारिसमा गरामनी क्याम्पसमा एक जना विद्यार्थीको लाग्ने शुल्क आफूले व्यहोर्ने बताएका छन् । त्यस्तै ईष्टर्न फिस फार्मको तर्फबाट पूर्व विद्यार्थीलाई घरायसी प्रयोजनका लागि माछाको मूल्यमा पचास प्रतिशत छुट दिइने भएको छ । सहयोग घोषणा  गर्नेहरु सोही विद्यालयका पूर्व विद्यार्थीहरु हुन् ।

 कार्यक्रममा  भुतपूर्व विद्यार्थीहरु मनोज देवानले एक लाख, कमल बिमलीले एकलाख, कमल बुढाथोकीले पचास हजार ,भागिरथा आचार्य घिमिरेले २० हजार रुपैयाँ अक्षय कोषको लागि सहयोग गर्ने घोषणा गरेको समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । पोखरेलको संयोजन र व्यवस्थापनमा  सो कार्यक्रम  आयोजना गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालयमा वैधानिक रुपमा दर्ता भएको समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 
 

सम्बन्धित समाचार