२०८३ बैशाख ३१ गते , विहीबार

टर्कीको भूकम्पमा परी चर्चित गोलकिपर तुर्कस्लानको मृत्यु

sajilo news
एजेन्सी
२०७९ माघ २५ गते , बुधबार
टर्कीको भूकम्पमा परी चर्चित गोलकिपर तुर्कस्लानको मृत्यु

अंकारा । टर्कीमा गएको भूकम्पमा परी चर्चित गोलकिपर अहमद अयाप तुर्कस्लानको मृत्यु भएको छ। उनको फुटबल क्लब येनी मालत्यास्पोरले यसको पुष्टि गरेको छ। क्लबले ट्वीटरमा भनेको छ, 'हाम्रा गोलकिपर अहमद अयाप तुर्कस्लानको भूकम्पमा मृत्यु भयो। हामी उहाँलाई बिर्सने छैनौं। उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो।'

२८ वर्षीय तुर्कस्लानले येनी मालत्यास्पोर क्लबबाट ६ पटक खेलेका थिए। उनी सन् २०२१ मा यो क्लबमा प्रवेश गरेका थिए। टर्की र सिरियामा सोमबार आएको भूकम्पका कारण अहिलेसम्म ७ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ। धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएका छन्। उनीहरुको उद्धार कार्य जारी छ।

सम्बन्धित समाचार