बुहारीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
बलात्कार गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका-४ बाट प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ। डर त्रास देखाएर आफ्नै घरमा बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि सुनवर्षी-४ का ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पुरुषमाथि झण्डै १ वर्षअघि २५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोप छ ।
ससुराले २०७८ साल फागुन १० गते बलात्कार गरेको भनेर बुहारीले इलाका प्रहरी कार्यालय रंगेलीमा मंगलबार जाहेरी दिएकी हुन्। बुहारीमाथि बलात्कार गरेको आरोप लागेका पुरुषलाई प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले घरैबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पीडितको स्वास्थ्य परीक्षण विराटनगरमा गराइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प