झापामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
झापामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका– ८ बस्ने विजय भन्ने रोबिन राजवंशी र सोही नगरपालिका– २ बस्ने एलेक्स भन्ने विजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार झापा जिल्ला अदालतको मिति २०७८ कार्तिक १४ गतेको फैसला अनुसार चोरी मुद्दामा विजयलाई ६ महिना कैद र रु ५ हजार जरिवाना सजाय सुनाइएको थियो ।
अदालतले सोही दिनको फैसलामा एउटै घटनामा संलग्न एलेक्सलाई १ वर्ष ६ महिना कैद र रु १५ हजार जरिवाना सजाय सुनाइएको थियो ।फरार रहेका राजवंशी र चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेश अनुसार कैद भुक्तानका लागि झापा कारागार भद्रपुर चलान गरिसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प