२०८३ जेष्ठ २४ गते , आईतबार
कुचो बोकेको पिकअप गाडीमा सात बोरा गाँजा बरामद, दुई जना पक्राउ
सुनसरीको देवानगंज गाउँपालिका- ६ बाट लागु औषध गाँजा बोकेको पिकअप गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो आइतबार राती साढे १० बजे राजगंज सिनवारि कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को १ ज १६६१ नम्बरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा कुचो भित्र लुकाइछिपाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो ।
उक्त लागु औषध गाँजा बरामद भएसँगै प्रहरीले गाडी चालक धरान१६ सुनसरीका २७ वर्षीय पूर्ण बहादुर राई र सहचालक विजय राईलाई पक्राउ गरेको छ । पिकअप गाडीसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प