२०८३ बैशाख ३१ गते , विहीबार

भूकम्पको १३ दिनपछि ३ जनाको जीवितै उद्धार

sajilo news
एजेन्सी
२०७९ फाल्गुन ७ गते , आईतबार
भूकम्पको १३ दिनपछि ३ जनाको जीवितै उद्धार

विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्।

एनटीभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर प्रसारण गरेको छ। फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढीको ज्यान लिएको छ। लाखौं व्यक्ति सुरक्षित आवासविहीन भएका छन्। 

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले साताभरि नै जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। तर, पछिल्ला केही दिनमा उनीहरूको संख्या थोरैमा झरेको छ। टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्।

तीमध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। चिसो मौसम र लामो समय भग्नावशेष हटाउन नसक्दा बाँकीलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बने पनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीव्रता दिइरहेका टर्कीका अधिकारीले बताएका छन्। 

सम्बन्धित समाचार