२०८३ जेष्ठ २४ गते , आईतबार
मोटरसाइकलको इन्डिकेटरमा ब्राउन सुगर ल्याउने दुई युवक मेची पुलबाट पक्राउ
भद्रपुर । भद्रपुरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका -५ बस्ने २९ वर्षीय सुरज कुँवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
आज साँझ ५:२० बजे अस्थायी प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६प ६२ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा चालक कुँवर र पछाडि सवार श्रेष्ठले उक्त मोटरसाइकलको बायाँ साइडको इन्डिकेटरभित्र लुकाइराखेको ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र रिजालले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प