२०८३ बैशाख ३१ गते , विहीबार

टर्कीमा फेरि ६.४ रेक्टर स्केलको भूकम्प

sajilo news
बीबीसी
२०७९ फाल्गुन ९ गते , मंगलबार
टर्कीमा फेरि ६.४ रेक्टर स्केलको भूकम्प

अंकारा । टर्कीमा सोमबार फेरि भूकम्प गएको छ । पछिल्लो भूकम्पमा ३ जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन् ।

६.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । सो भूकम्पको धक्का सिरिया र टर्की दुबै देशमा महसुस गरिएको छ । टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ ।

यो भूकम्प आएपछि फेरि दर्जनौं पटक धक्का महसुस गरिएको थियो । यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राहतकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।

सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ । टर्की प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरेको जनाएको छ । 

सम्बन्धित समाचार