२०८३ जेष्ठ २४ गते , आईतबार
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
भद्रपुर । बैङ्किङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका- ३ बस्ने ५० वर्षीय फणीन्द्र पन्धाक रहेका छन् ।
उच्च अदालत विराटनगर इलाम इजलास, इलामको २०७९ जेठ १८ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा पन्धाकलाई ७ दिन कैद, १३ लाख २० हजार जरिवाना र ५२ हजार ८०० पीडित राहत कोषमा जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो । सोही दिन देखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प