२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक युवक पक्राउ
झापामा दिनहुँ जसो मोटरसाइकल चोरीका घटना भइरहेको छ । यसै क्रममा झापा प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला रतुवामाई नगरपालिका- ५ निवासी २४ वर्षीय प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनलाई शुक्रबार साँझ पौने ६ बजे झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । अर्जुनधारा नगरपालिका- ५ निवासी एकराज बुढाथोकीले बिर्तामोड- ४ मा पार्किङ गरी राखेको लु ८२ प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प