२०८३ बैशाख ३१ गते , विहीबार

ग्रिसमा दुईवटा रेल ठोक्किँदा १६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ फाल्गुन १७ गते , बुधबार
ग्रिसमा दुईवटा रेल ठोक्किँदा १६ जनाको मृत्यु

ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ ज्यान गएको छ। रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८६ जना घाइते भएको  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ। 

मंगलबार बेलुका एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकीतर्फ जाँदै गरेको यात्रुवाहक रेल र थेसालोनिकीबाट लारिसा जाँदै गरेको मालवाहक रेल मध्य ग्रीसको लारिसा सहरबाहिर ठोक्किएको थियो। रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो। 

उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन्। रेल ठोक्किनुको कारण खुलेको छैन।

सम्बन्धित समाचार