२०८३ बैशाख ३१ गते , विहीबार

विमानस्थलको पार्किङ स्थलबाटै अमेरिकी एयरलाइन्सको बस चोरी

sajilo news
एजेन्सी
२०७९ फाल्गुन १८ गते , विहीबार
विमानस्थलको पार्किङ स्थलबाटै अमेरिकी एयरलाइन्सको बस चोरी

अमेरिकाको जोन अफ केनेडी विमानस्थलको पार्किङ स्थलबाटै अमेरिकी एयरलाइन्सको बस चोरी भएको छ। 

बसमा कोही पनि नभएको अवस्थामा राति बस चोरी भएको अधिकारीहरुले जनाएका छन्।  प्रहरीले ४३ वर्षका एक व्यक्तिले बस चोरेर लगेको जनाएका छन्। उनलाई प्रहरीले पक्राउ गरेको छ। उसले गाडी ग्रान्ड सेन्ट्रल पार्कवेबाट म्यानहट्टनसम्म लगेको र त्यसपछि क्याडम्यान प्लाजा वेस्ट र मिडड स्ट्रिटमा लगेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उक्त व्यक्ति नौ पटकसम्म गिरफ्तारीमा परेको थियो। तर उसले  बस चोरेको भने पहिलो भएको प्रहरीले जनाएको छ। उक्त व्यक्ति पछिल्लोपटक सन् २०१५ मा पक्राउ परेको थियो 

सम्बन्धित समाचार