२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडको बसपार्कबाट ब्राउन सुगरसहित तीन पक्राउ
बिर्तामोडको नयाँ बसपार्कमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित तीन पक्राउ परेका छन् । शनिवार साँझ ७ः२५ बजे अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटेल एन्ड लजमा डेरा गरी बस्ने शिवसताक्षी नगरपालिका- ९ बस्ने २१ वर्षीय प्रेम सागर साँवा, मेचीनगर नगरपालिका- १२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका- ४ बस्ने १९ वर्षीया तिलु राईलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प