२०८३ जेष्ठ २४ गते , आईतबार
मोरङमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या
मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी- १ नक्सालवारिका ५७ वर्षीय हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए । बिहीबार दिउँसो १२ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहार गर्दा टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । हेमकर्णका दुई श्रीमती थिए । देवी भने जेठी हुन् । कान्छी श्रीमती भने छुट्टै विराट चोकमा बस्ने गरेकी छिन् । हेमकर्ण र देवीको बेलबारीमै मासु पसल रहेको छ । मासु काट्ने दाउले काटेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । श्रीमान् हेमकर्ण फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प