भित्री वस्त्रमा लुकाइछिपाई ब्राउन सुगर ल्याउने एक युवती मेची पुलबाट पक्राउ
झापा । भित्री वस्त्रमा लुकाइछिपाई लागु औषध ब्राउन सुगर नेपाल भित्राउने एक युवतीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर–गलगलिया नाकाबाट ब्राउन सुगर भित्राउने साबिक तोपगाछी गाविस ५ घर भई हाल बिर्तामोड नगरपालिका– १ स्थित हनुमानगर निवासी ३४ वर्षीया मञ्जु चापागाईँलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान साढे १० बजेको समयमा प्र–१–०१–०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेको चापागाईँलाई मेची पुल सीमामा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागि चेकजाँच गर्दा उनले लगाएको भित्री वस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउन सुगर, नेपाली ५ हजार ७५ रुपैयाँ र ७ सय ९९ भारतीय रुपैयाँसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प