झापामा नक्कली नेपाली र अस्ट्रेलियन नोट, लागु औषधसहित दुई जना पक्राउ
झापा । झापा प्रहरीले नक्कली नेपाली र अस्ट्रेलियन रुपैयाँ र लागु औषधसहित दुुई जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका साढे ५ बजे बिर्तामोड नगरपालिका- ४ मेघावारि निवासी २४ वर्षीय सुवास ताजपुरीयाको कोठा छापा मारेको थियो ।
प्रहरीले ताजपुरियाको कोठाबाट प्रतिबन्धित लागु औषध र नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
प्रहरीले उनको कोठाबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने ४ ग्राम ३९० मिलिग्राम लिसाईलो पदार्थ, २८ पिस नाइट्राजेपाम ट्याब्लेट, एक हजार दरको ६० थान, पाँच सयको दुई थान नक्कली नेपाली नोट, तीन थान नक्कली अस्ट्रेलियन नोट, तीन हजार सक्कली नेपाली नोट, अन्य देशको ११ थान नोट, चार थान मोबाइल र मे ५ प ९७९७ नम्बरको एउटा मोटरसाइकल
बरामद गरेको उनले बताए । उक्त सामानसहित ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रवीण ताजपुरीयालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प