२०८३ जेष्ठ २४ गते , आईतबार
मोटरसाइकल चोर्ने दुई जना पक्राउ
सुनसरीको दुहबी नगरपालिका १ र २ नम्बर वडाबाट दुई वटा मोटरसाइकल चोरी गरेकोमा आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका- २ का ३५ वर्षीय सूर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका- ३ का २७ वर्षीय अमन सरदार रहेका छन ।
बुधवार राती विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रदेश १-०२-०४८ प २९६१ नम्बर र प्रदेश १-०२-०५० प ३९७९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । चोरीको मोटरसाइकल सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प