२०८३ जेष्ठ २४ गते , आईतबार
श्रीमतीको हत्या गर्ने फरार श्रीमान् पक्राउ
मोरङको बेलबारी नगरपालिका- १ का ५७ वर्षीय हेम कर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत फाल्गुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ वर्षीया श्रीमती देवी महतलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका महतको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउसो पथरी शनिश्चरे नगरपालिका १० स्थित बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका महतलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प