२०८३ जेष्ठ २४ गते , आईतबार
पशुपक्षी कसुर मुद्दाका फरार भद्रपुरका एक युवक पक्राउ
झापामा पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ४ का २८ वर्षीय अनिल श्रेष्ठ भन्ने अनिल दर्शनधारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार झापा जिल्ला अदालतको २०७९ कार्तिक २३ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो ।
सोही फैसलादेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरी झापा जिल्ला अदालत पेस गरी फैसला कार्यान्वयनका लागि झापा कारागार चलान गरिसकेको डीएसपी रिजालले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प