२०८३ बैशाख ३१ गते , विहीबार

इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प, कम्तीमा १४ जनाको मृत्यु 

sajilo news
एजेन्सी
२०७९ चैत्र ५ गते , आईतबार
इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प, कम्तीमा १४ जनाको मृत्यु 

दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन्। 

भूकम्पले भत्किएका घरमा केही मानिस फसेको आशंका गरिएको छ। भूकम्पको धक्का मनाबी, मान्ता र राजधानी क्विटोलगायत सहर र छिमेकी देश पेरुमा समेत परेको छ। 

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको सबैभन्दा बढी प्रभाव तटीय क्षेत्र ग्वायासमा परेको छ। भूकम्पको केन्द्रविन्दु यहाँबाट ८० किलोमिटर टाढा रहेको ग्वायाकिल सहरमा रहेको छ।

सम्बन्धित समाचार