२०८३ बैशाख ३१ गते , विहीबार

सैनिक हेलिकोप्टर दुर्घटना, ४ जनाको मत्यु

sajilo news
रासस
२०७९ चैत्र ७ गते , मंगलबार
सैनिक हेलिकोप्टर दुर्घटना, ४ जनाको मत्यु

कोलम्बिया । कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटना भएको सेनाले पुष्टि गरेको हो ।

सो हेलिकोप्टर दुर्घटना राजधानी सहरमा नै भएको र त्यसमा रहेका चार जना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन्। उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाकै ज्यान गएको जानकारी दिएका हुन्।

उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए। यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । उनले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका हुन् । 

सम्बन्धित समाचार