२०८३ बैशाख २३ गते , बुधबार

प्रादेशिक अस्पताल भद्रपुर परिसरभित्र भिडियो र फोटो खिच्न रोक

sajilo news
झापा
२०७९ चैत्र १० गते , शुक्रबार
प्रादेशिक अस्पताल भद्रपुर परिसरभित्र भिडियो र फोटो खिच्न रोक

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको प्रशासन पक्षले पूर्व स्वीकृतबिना भिडियो र फोटो खिच्न रोक लगाएको छ । अस्पताल प्रशासनले चैत ७ गते सूचना जारी गर्दै यस्तो रोक लगाएको हो ।

सूचनामा भनिएको छ, अस्पताल जस्तो संवेदनशील क्षेत्रमा जथाभावी फोटो र भिडियो खिचेर सामाजिक सञ्जाल, युट्युब र अन्य क्षेत्रमा प्रसारण तथा प्रकाशन गर्दा बिरामी र चिकित्सकहरूमा नकारात्मक असर परी मानसिक तनाव उत्पन्न भई सेवामा असर पर्ने देखिएको छ ।

 

सम्बन्धित समाचार