२०८३ जेष्ठ २४ गते , आईतबार
इलाम कारागारबाट मेचीनगरका राई फरार
इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । इलाम कारागारमा कैदीका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका ३ बाहुनडाँगीका ३४ वर्षीय साहिला भनिने मनराज राई फरार भएका हुन् । बिहीबार साँझ अन्दाजी ५ः४० बजे कारागारभित्रको कैदी गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो ।
गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो । फरार उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । डाँका मुद्दाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा यसअघि कारागारभित्रै मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बन्दै गएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प